काठमाडौं, – गएरातिदेखि लगातार भइरहेको वर्षाका कारण देशका विभिन्न भागमा नदी तथा खोलाको जलसतहमा वृद्धि भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, काठमाडौंस्थित विष्णुमती नदी जलमापन केन्द्रमा आज बिहान जलसतहले खतरा तह पार गरेको छ।
विभागले आगामी केही घण्टामा थप वर्षा हुने सम्भावना रहेकोले, नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विष्णुमती नदी लगायत अन्य प्रमुख नदीहरुको जलसतह सतर्कता तहभन्दा माथि पुगेकोले, सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा उपायहरु अवलम्बन गर्न अनुरोध गरिएको छ।
स्थानीय प्रशासन र उद्धार टोलीहरु तयारी अवस्थामा राखिएको जानकारी दिइएको छ। विभागले नागरिकहरुलाई अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न सल्लाह दिएको छ।
@आमा दर्शन न्यूज मिडिया
१३ साउन २०८१, आईतबार ०६:४१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय