शुक्रबार - स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) को एफपीओ बाँडफाँट सम्पन्न भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा सो बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो।
लघुवित्तले गत फागुन १८ गतेदेखि २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको थियो। उक्त एफपीओमा कुल १७ लाख ८० हजार ४५७ जनाले आवेदन दिएका थिए, जसअनुसार २ करोड १७ लाख १५ हजार ७५० कित्ता शेयरको माग भएको थियो।
एनएमबि क्यापिटलका अनुसार प्राप्त आवेदनमध्ये २ हजार ६६४ आवेदन रद्द गरिएको छ भने १७ लाख ७७ हजार ७९५ आवेदन स्वीकृत भएका छन्। मागभन्दा बढी आवेदन परेको कारण गोलाप्रथा प्रणाली अपनाइएको थियो।
गोलाप्रथाबाट १९ हजार ५७७ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। त्यस्तै, तीन जना भाग्यमानी आवेदकले थप एक कित्ता सहित ११ कित्ता शेयर प्राप्त गरेका छन्।
एफपीओ बाँडफाँटपछि अब शेयर सूचीकरण र दोस्रो बजारमा कारोबारको प्रक्रिया अघि बढ्नेछ। यसले लगानीकर्तालाई शेयर खरिद-बिक्री गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आर्थिक न्यूज़