काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले आरबिबि फोकस ४० सामूहिक लगानी कोषको इकाई आज (भदौ १८) देखि सार्वजनिक निष्काशनमा ल्याएको छ।
प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन हुँदैछ। जसअन्तर्गत १ करोड ४० लाख इकाई (१४%) राष्ट्रिय वाणिज्य बैंकका लागि र १० लाख इकाई (१%) योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो।
यस योजनामा न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ। निष्काशन अवधि छिटोमा भदौ २२ गतेसम्म रहनेछ भने बाँकी इकाई बिक्री नभए असोज १ गतेसम्म लम्बिन सक्नेछ।
१२ वर्ष अवधिको यस योजनामा लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
यस कोषलाई केयर रेटिङ नेपालले CARE NP A+ Issuer रेटिङ प्रदान गरेको छ भने इक्रा नेपालले योजना व्यवस्थापकलाई ICRANP AMC Quality 3 रेटिङ दिएको छ।
कोषले नेप्सेमा सूचीकृत कम्पनीहरूको धितोपत्रको आन्तरिक मूल्यांकन गरी सम्भावित उच्च प्रतिफल दिने ४० कम्पनीमा प्राथमिकताका साथ लगानी गर्ने योजना बनाएको छ। परिस्थितिअनुसार ४० भन्दा बढी कम्पनीमा समेत लगानी गर्न सकिने उल्लेख छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
Admin