काठमाडौँ, १२ चैतः National Disaster Risk Reduction and Management Authority Nepal का अनुसार गत वैशाख १ गतेदेखि हालसम्म देशभर ७ हजार २३१ वटा विपद्का घटना भएका छन्।
ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् भने ४७९ जनाको मृत्यु र करिब १ हजार ८०० जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी ३ हजार ४८० आगलागीका घटना भएका छन्। त्यसैगरी पहिरो ६०४, सर्पदंश ६००, जनावर आक्रमण ५०४, हुरीबतास ४५१, भारी वर्षा ४४२, चट्याङ ४०६ र बाढी ३२१ घटना भएका छन्।
यसैबीच वन डढेलो, लेक लाग्ने, हिउँपहिरो, भूकम्पलगायत अन्य विपद्का घटनासमेत भएको जनाइएको छ।
प्राधिकरणका अनुसार चैत १० देखि ११ गतेसम्म मात्र २६ वटा विपद्का घटना भएका छन्, जसमा आगलागीका घटनाबाट १० जना घाइते भएका छन्।
१२ चैत २०८२, बिहिबार ०५:२२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता