सिन्धुली ,२८ असार– सिन्धुलीमा शुक्रबार माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सुनकोशी गाउँपालिका–७ कानढुंग्रीस्थित सुनकोशी–मरिण डाइभर्सन सुरुङ ब्रेक थु्र भएको क्षेत्र नजिक वीपी राजमार्गमा सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१३२ नम्बरको माइक्रोबस अनियन्त्रित भएर सडकबाट ४५ मिटर तल सुनकोशी नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
घाइतेमध्ये गाडी चालक सर्लाहीको बागमती नगरपालिका– २ घर भएका ३८ वर्षीय रुपलाल राउतलाई बढी चोट लागेको प्रहरीले जनाएको छ । उहाँलाई खुर्कोटको शुभजीवन अस्पतालमा सामान्य उपचार गरेर थप उपचारको लागि काठमाडौँको ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुली जनाएको छ ।
बाँकी १० जना घाइतेको शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता