~ सूर्य
मुस्कानको व्यापार
मुस्कानको व्यापार गर्न कहिले सकिएन,
मनको भावलाई शब्दमा सजाउन कहिले सकिएन।
आँखामा आँसु लुकाएर हाँस्न त जति गरे पनि,
मायाको मधुर मिठास बुझाउन कहिले सकिएन।
सपना त धेरै देखे हामीले रातभर,
तर तिनलाई पूरा गर्न कहिले सकिएन।
हृदयको गहिराईमा तिमी बस्यौ सधैं,
तर तिम्रो नाम लिइ बोलाउन कहिले सकिएन।
बजारमा धेरैले बेचे आँसुका मोती,
तर हामीले मुस्कान बिकाउन कहिले सकिएन।
मायाको बाटोमा साथ दिन खोजें तिमीलाई,
तर तिमीलाई आफ्नो बनाउन कहिले सकिएन।
१४ साउन २०८१, सोमबार ०७:३७ मा प्रकाशित