सिन्धुलीको कमलामाई–११ मा नेकपा (माओवादी केन्द्र) को बैठक सम्पन्न

सिन्धुली । नेकपा (माओवादी केन्द्र) को–अर्डिनेशन सेन्टर, नेपालका सिन्धुली इन्चार्ज तथा कमलामाई नगरपालिका–११ का पार्टी अध्यक्ष दिपेन्द्र भुजेलको अध्यक्षतामा वडास्तरीय बैठक सम्पन्न भएको छ।


बैठकमा इन्चार्ज जनक श्रेष्ठ, वडा नं. ११ को पार्टी सचिवालय टिम, नगर अध्यक्ष शेरबहादुर कार्की, नगर सचिव चन्द्र गौतमसहित स्थानीय नेतृत्वको उल्लेख्य उपस्थिति रहेको थियो।


बैठकमा वडाभित्र पार्टी संगठनलाई अझै सुदृढ र गतिशील बनाउनुपर्ने निष्कर्ष निकालिएको छ। साथै वडा नं. ११ भित्रका विकास–निर्माणका कामहरू छिटो, छरितो, भ्रष्टाचार–रहित र पारदर्शी ढङ्गले सम्पन्न गर्ने र निर्माण प्रक्रियामा स्थानीय जनताको सक्रिय सहभागिता सुनिश्चित गर्ने विषयमा समेत छलफल गरिएको छ।


त्यस्तै, आगामी दिनमा युवा, महिला, किसानसहित विभिन्न जनवर्गीय संगठनलाई प्रभावकारी ढङ्गले परिचालन गर्दै पार्टी र विकास दुवैलाई मजबुत बनाउनुपर्नेमा बैठकले जोड दिएको छ।

प्रतिक्रिया