नागरिक सेवामा ललितपुर महानगरको काम प्रशंसनीय : गृहमन्त्री गुरुङ

ललितपुर । गृहमन्त्री सुधन गुरुङले नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न ललितपुर महानगरपालिकाले गर्दै आएको काम प्रशंसनीय र उदाहरणीय रहेको बताएका छन्।


ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको **‘स्मार्ट स्ट्रिट लाइट’**को शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले महानगरपालिकाले नागरिक सेवासँगै कला, संस्कृति र सभ्यताको संरक्षणमा पुर्‍याएको योगदान अनुकरणीय रहेको बताए।


उनले स्थानीय तहले पूर्वाधार विकाससँगै नागरिकको दैनिक जीवन सहज बनाउने तथा ऐतिहासिक, सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए।


बालकुमारीदेखि बल्खुसम्म जडान गरिएको स्मार्ट स्ट्रिट लाइटले रातिको समयमा सडक सुरक्षा तथा आवागमनलाई थप सहज र सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


गृहमन्त्री गुरुङले ललितपुर महानगरपालिकाले अघि बढाएका यस्ता आधुनिक तथा नागरिकमैत्री योजनाले अन्य स्थानीय तहलाई समेत सकारात्मक सन्देश दिएको बताए।

प्रतिक्रिया