जोमसोम—मुस्ताङका स्याउ किसानलाई स्याउ व्यवस्थापन संम्वन्धि जिल्ला स्तरीय तालिम दिईएको छ । कृषि ज्ञान केन्द्र मुस्ताङले जिल्लाका स्याउ किसानलाई बुधबारदेखि स्याउ व्यवस्थापन संम्वन्धि तीन दिने तालिम दिन सुरु गरेको हो ।
जिल्ला स्तरीय स्याउ व्यवस्थापन संम्वन्धि तालिम मार्फत जिल्लाका किसानहरुको स्याउ उत्पादन तथा गुणस्तर कायम गरी बढी भन्दा बढी आर्थिक लाभ लिन सकियोस भन्ने उद्देश्यले तालिम अभ्यास सुरु गरिएको हो । तालिममा जिल्लाका स्याउ किसानहरुलाई स्याउ बगैचा व्यवस्थापन विषयमा संम्पूर्ण क्रियाकलापहरुको सैद्धान्तिक तथा प्रयोगात्मक तालिम दिईएको हो ।
तालिममा किसानलाई उच्च घनत्व स्याउ खेती प्रविधि (हाईब्रिड)को व्यवस्थापनका विषयमा प्रशिक्षण दिईएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । जसअन्तर्गत स्याउ किसानलाई स्थगत रुपमा स्याउ बगैचामा पुगेर स्याउ बोटका हाँगाहरु काँटछाँट गर्ने तरिका,मलखाद व्यवस्थापन,सिंचाई,बोरो पेस्ट,बोरो मिक्चर लगाउने तरिका र विषादी छर्किने विधि लगायतका विषयमा जानकारी दिईएको केन्द्र प्रमुख बस्ताकोटीले उल्लेख गरे ।
तालिमको प्रारम्भिक चरणमा जिल्लाका वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका स्याउ किसानलाई तालिम दिन थालिएको हो । तालिममा झन्डै ३२ जना कृषकको सहभागी रहेको छ । स्याउ बगैचा व्यवस्थापन संम्वन्धित तालिमको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका कार्यालय प्रमुख एवं कृषि विज्ञ पद्मनाथ आत्रेय र केन्द्र प्रमुख प्रकाश बस्ताकोटीले प्रशिक्षण दिएका छन् । तालिममा सहभागी वारागुङ मुक्तिक्षेत्र —४ का वडाध्यक्ष एवं स्थानीय कृषक कर्माघ्याचो गुरुङले स्याउ व्यवस्थापन विषयमा प्राप्त हुँने ज्ञानशीपले स्थानीय किसानलाई स्याउ खेतीतर्फ उत्साहित भएर लैजाने दावी गरे । उनले बर्सेनि केन्द्र र स्थानीय तहबाट यसप्रकारको तालिम आयोजना हुने गरेको र यसलाई किसानलाई स्याउ उत्पादन र गुणस्तर बढाई थप आर्थिक लाभ लिन योगदान पुग्ने बताए ।
मुस्ताङ स्याउ बगैचबाट स्याउ टिपेर बजारमा बिक्री गरिसकेपछि स्याउ बगैचा व्यवस्थापनकार्य सुरु गर्ने गरिन्छ । जिल्लाका किसान यतिबेला स्याउ बगैचा व्यवस्थापनमा लागिरहेका छन् ।