मध्यरातमा काभ्रेभीरमा विदेशी नागरिकको शव उद्दार भिडयोसहित

जोमसोम— म्याग्दी र मुस्ताङको सीमान काभ्रेभीरमा मोटरसाईकलसहित खस्दा जर्मन नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बिहिबार म्याग्दीबाट मुस्ताङतर्फ जाँदै गरेको मोटरसाईकल बिहिबार साँझ म्याग्दीको अन्नपूर्ण —३ काभ्रेभीरमा दुर्घटना हुँदा जर्मनका नागरिक मनड्रक बिकीको मृत्यु भएको हो ।

 । म्याग्दीको काभ्रेगाउँको १५ सय मिटर उत्तरतर्फको भिरालो सडकमा मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक जर्मन नागरिकको लाश भीरमै अड्किएको थियो ।


काभ्रेभीरबाट मोटर साईकल खसेर जर्मन नागरिक भीरमै अड्किएको सूचना पाएपछि जिल्ला विपद् व्यवस्थापन समिति बाग्लुङ,म्याग्दी र सशस्त्र प्रहरीको करिव २० जनाको टोली बिहिबार रातीनै उद्दार सामाग्रीसहित घटनास्थल पुगेको थियो । मुस्ताङबाट पनि नेपाली सेनाको टोली उद्दार गर्न पुगेका थिए । राति उद्दारमा खटिएको सुरक्षाकर्मीको टोलीले डोरीको सहायताले जर्मन नागरिकको लाश बाहिर निकालेको प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिए । त्यहाँ सुरक्षाकर्मीसंगै म्याग्दी दानाका यात्रुका सारथि ईन्द्रसिंह शेरचन पनि उद्दारमा खटिएका थिए ।


राष्ट्रिय गौरवको बेनी—जोमसोम ७६ किमी सडकखण्डको सबै भन्दा जोखिमयुक्त सडक काभ्रेभीर हो । त्यहाँ चट्टान काटेर सडक विस्तार गरिएको छ । 


फोटो क्याप्सन ः मोटरसाईकलसहित खसेको जर्मन नागरिकको लाश निकाल्दै उद्दार टोली  ।(तस्विर ःप्रकाश शेरचन )


प्रतिक्रिया