काठमाडौं — राजधानीमा हिजो रातिदेखि जारी अविरल वर्षाको कारण मनोहरा खोलाको जलस्तर आकस्मिक रूपमा बढेको छ। खोला उर्लिएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेको छ।
स्थानीय बासिन्दाका अनुसार रातिदेखि लगातार पानी परिरहेको र खोला आसपासका क्षेत्रमा डुबानको जोखिम बढेको छ। बाढीको सम्भावित प्रभावलाई मध्यनजर गर्दै प्रहरी र स्थानीय विपद् व्यवस्थापन टोली सतर्क अवस्थामा रहेका छन्।
काठमाडौं महानगरपालिका र प्रहरी कार्यालयले मनोहरा खोलाको किनारमा बसोबास गर्ने बासिन्दालाई अनावश्यक रूपमा खोलातिर नजान र सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।
सडकका केही भागमा पनि पानी जमेकाले सवारी आवागमनमा अवरोध भएको बताइएको छ। मौसम पूर्वानुमान महाशाखाले आज साँझसम्म वर्षा जारी रहने सम्भावना व्यक्त गरेको छ।
१८ असोज २०८२, शनिवार ०२:१७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता