काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँका दरले मूल्य घटाएको हो।
शुक्रबार रातिदेखि लागू हुनेगरी मूल्य घटाइएको निगमले जनाएको छ। ग्यासको मूल्य भने यथावत राखिएको छ।
भारतले पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३।०७ रुपैयाँ, डिजेल र मट्टितेलमा मा ३।१६ रुपैयाँ रहेको थियो। नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेल(मट्टितेलको १५७ रुपैयाँ पर्नेछ।
३० मङ्सिर २०८०, शनिवार ०२:३१ मा प्रकाशित