नव बर्ष को शुभ अवसरमा खुल्ला व्याडमिन्टन प्रतियोगिता

नव बर्ष २०८१ को शुभ अवसरमा खुल्ला व्याडमिन्टन प्रतियोगिता हुनेभएको छ। व्याडमिन्टन प्रतियोगितामा सहभागीहुनको लागि यहि चैत २७ गते २ बजेसम्म नामदर्ता गर्नु पर्ने आयोजगले बताएको छ।फाईनल खेल यहि बैशाख १ क.न.पा.७ मञ्जुश्री चोक सरस्वतीनगरमा हेने छ। खेलमा सहभागी हुनकालागी सिन्धुली जिल्लाभित्रको स्थानीय वासिन्दा हुनुपर्ने ,पासपोर्ट साइजको २ प्रति फोटो र नागरिकता वा जन्मदर्ताको प्रतिलिपी लिएर स्वतन्त्र युवा क्लबको कार्यलयमा बुझाउन आयोजगले अनुरोध समेत गरेको छ।


,खेलसम्बन्धि कुनै गुनासो भएमा खेल सक्किएको १ घण्टाभित्र आयोजक समक्ष जानकारी गराइ हाल्नुपर्नेछ।प्रतियोगितामा प्रथम हुनेलाई १०,००० नगद सहित ट्रफी मेडल र प्रमाण पत्र द्वितीय रु ६,०००नगद सहित ट्रफी मेडल र प्रमाणपत्र तृतीय रु ४,००० ट्रफी मेडल प्रमाणपत्र र बेस्ट प्लेयरलाइ ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजगले जानकारी दिएको छ।

प्रतिक्रिया