अश्विनी कोइरालाज्यूको नजर सुकुम्बासी बस्ती

२०५४ सालदेखि पत्रकारिता र साहित्य दुबैमा कलम चलाउन थालेका अश्विनी कोइरालासँग २५ वर्ष लामो पत्रकारिताको अनुभव छ । उनले कान्तिपुर पब्लिकेसन्सको ‘साप्ताहिक‘ र ‘नारी’ पत्रिकामा विभिन्न पदमा रहेर २० वर्ष काम गरे । विराटगनरबाट प्रकाशित हुने साप्ताहिक पत्रिका ‘विराटनेसनल टाइम्स’बाट पत्रकारिता सुरु गरेका कोइरालाका उनी, जुकरबर्ग क्याफे, प्रेमालय र पारिजात गरि चारवटा कृति प्रकाशित छन् । पछिल्लो समय उनी अनलाइनखबर डट कममा दुई वर्ष साहित्य विभागका प्रमुख थिए । नेपाली साहित्यमा स्नातकोत्तर कोइराला युवा पुस्ताका लोकप्रिय लेखक पनि हुन् ।

साहित्यपोष्टका प्रधानसम्पादक श्री अश्विनी कोइरालाज्यूको नजरमा सुकुम्बासी बस्ती : 

तीन दिन लगातार सुकुम्बासी बस्ती घुम्दै वास्तविक बस्तुस्थिती के हो सोच्दै झरी घामको पर्वाह नगरी कतै झडप हुन्छ कि मानसपटलमा प्रश्न सोचहरु जिवन्त पार्दै अवलोकन र विश्लेषणमा जुटिरहनु भएको छ । यो उहाँको एक प्रकारको उत्सुकता पनि हो । 

जीवन रुपान्तरणकै क्रममा आजभन्दा २५ वर्ष पहिले आफू कान्तिपुरे जागीरकै सवालमा, आफ्नो बसाइ शान्तिनगरको गेट हुँदै सुकुम्बासी बस्ती छेउको एक घरमा कोठा भाडा लिएको कुरा सुनाउँदै धोएर सुकाउन छतमा राखिएका लुगा हराउने कुरा सम्झिनुहुन्छ । पछि प्रहरी विटको व्यवस्था भएपछि चोरी कार्य न्यून हुँदै गएको कुरा पनि सार्वजनिक गर्नुभएको छ । सुरुका दिनमा आफूले आश्रय लिएको बस्ती बारे बुझ्न तीन दिन निरन्तर ती बस्तीमा डुल्दा आफूले तथ्य समाचार सम्प्रेषण गर्ने भन्दा नि विरोध गरेर राजनीतिमा चर्चा कमाउने व्यक्ति सक्रिय देखिएको कुरा पनि गर्नुभयो । तर वास्तविक कुरा निष्पक्ष भई कुनै मिडियाले लेखिएनन् जुन लेख्नुपर्ने थियो । 

हुन त विगतमा आफूले त्यहाँ आश्रय लिंदा खासै त्यति सुकुम्बासी नभएको कुरा गर्दै लुगा चोरी पश्चात् सुकुम्बासी बस्ती भनेको आफ्नो मानसपटलमा नराम्रो मान्छेहरू बस्ने अखडा हुन् भन्ने भ्रम विस्तारै संगत गर्दै आवतजावत हुँदा सम्बन्धहरु बढ्दै गएको पछि ती भ्रमबाट आफू पन्छिदै गएको कुरा पनि सुनाउनुभयो । 

त्यहाँ द्वन्दकालमा ज्यान जोगाउन हिडेका र राज्यले नै संरक्षण गरिएका व्यक्तिहरु बस्थे जानकारी संगत पछि थाहा पाए भन्दै त्यस क्षेत्रमा वास्तविक सुकुम्बासीको कुरा गर्नुपर्दा बढी १५% नहोला भन्ने कुरा पनि थप्नु भयो । तर एउटा विचित्रको कुरा त्यहाँ एउटा पनि मन्दिर बनेन । जति त्यहाँ आस्थाको कुरा भए ती सबै चर्चको प्रार्थना भएको तथ्य कसैले उजागर गरेनन्, किन ? उहाँको जिज्ञासा कुनै मिडियाले मेटाएनन् । त्यहाँभित्र हुने झगडा अपराधिक गतिविधिप्रति कसैको चिन्तन र समाधान भन्दा राज्यविरुद्ध उक्साउने काम मात्र भए । सुकुम्बासी जो हिजोका थिए तिनीहरू कमाएर अन्तै आफ्नो सम्पत्ति जोडेर त्यता सरेका छन जस्ले यी बस्तीलाई भाडा लगाएका छन भन्ने पनि खुलासा गर्नुभएको छ । जो कुलतमा थिए तिनीहरूले कमाउन सकेनन् तिनीहरू अझै पनि केही अनुपातमा यहि छन गरिबीअवस्थामै । यो भनेको आफ्नो आचरण, व्यवहार सुधार गर्न नसकेका हुन् भन्दै राज्यले तिनीहरूको जिम्मा लिनुपर्छ । हुन त यी बस्तीहरु, वास्तविक सुकुम्बासी बसेरै बनेको भए पनि वर्तमान अवस्थामा सहरको रमझममा भुल्न आएका राज्यले व्यवस्थापन गर्न नचाहेका मुद्दामा अल्झेका गरिबलाई अझ गरिबै बनाई राख्न पाए शासन सट्टा आफ्नो हातमा भई रहनेछ भन्ने सोच नै सुकुम्बासी बस्ती हुन् । उक्त सुकुम्बासी बस्तीमा राज्यको अशिक्षा, अभाव, यातना र गरिबी हुर्काएर मस्तिमा कार्यकर्ताले चन्दा एवम् भाडा उठाएर खाइरहेका छन । विगतका स्वयम् सुकुम्बासीहरु जो चतुर र कमाउन सफल भए तिनीहरूले समेत बस्ती भत्काउनुको सट्टा भाडामा लगाएर रमिरहेका छन । तर यसको बारे कसैले कहिल्यै लेखिएन भन्ने उहाँको चिन्तन छ । हुन त यसको निदान स्वरुप सुकुम्बासी आयोगले राज्यको ढुकुटी दोहन गर्ने काम मात्र गरे । राजनीति मात्र सोचे जसको कारण सुकुम्बासीकै लागि बनेको घरहरु खण्डहर बन्न थालेका छन । सरकार स्वयम् मिलिजुली गठन गर्नुपर्ने र बस्तीमा प्राय: कार्यकर्ता नै भएको कारण ती बस्तीले निकास पाउन सकिरहेको थिएन भने अब कि बार बालेन सरकार भन्ने नाराले पुराना राजनीति दलहरूको हकिकत थाहा पाएपछी चर्च नै सुकुम्बासी बन्न थालेपछि एक प्रकारको राजनैतिक चेतनाले काम गर्न थालेपछी बस्ती आज विस्थापित हुँदैछ भने यसमा पनि विभिन्न राजनीतिक घटकहरु भित्र सल्बलाएका छन भने पेटमै लात पर्ने पक्का भएपछि विरोधको लागि विरोध मात्र भन्ने काम भएका छन तर वास्तविकता कसैले वर्णन गरेका छैन । त्यस्ता सोचलाई हुकुमबासी सोच भनिन्छ । 

अन्तमा, एउटा उहाँकै जिज्ञासामा मेरो थप एक जिज्ञासा के प्रभु पनि सुकुम्बासी नै हो ? होइन भने त्यहाँ किन र के का लागि ? र पछिल्लो समय खोला छेउकै चिहानमा ९ तल्ले भवन खडा भएको छ भने पुर्व शिक्षामन्त्री स्वयम् पनि सुकुम्बासी भई राज्यको सम्पत्ति दोहन गरिएको समाचार आएको छ । राज्यले सत्यतथ्य हो भने हर्जाना सहित तत्काल कानूनी कार्वाही चलाउनु आवश्यक छ ।

प्रतिक्रिया