बीपी राजमार्ग सञ्चालनमा, आइतवारदेखि दुईतर्फी सञ्चालन हुने

सिन्धुली । अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग आज (शुक्रबार) साँझदेखि पुनः सञ्चालनमा आएको छ।

काभ्रे खण्डका १६ स्थान र सिन्धुली खण्डका ३ स्थानमा डाइभर्सन निर्माण गरेपछि राजमार्गलाई अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो।

असोज १८, १९ र २० गते परेको अविरल वर्षाले राजमार्गको करिब ४ किलोमिटर सडक बगाएको थियो। अहिले सो भागलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी आवागमनका लागि खुलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ।

सडक खुलाउन रोशी खोलामा डाइभर्सन निर्माण, बगर मिलाउने कार्य र खाल्डा पुर्ने काम सम्पन्न गरिएको छ।
सबैभन्दा बढी क्षति काभ्रेको चौकीडाँडामा पुगेको थियो।

प्रतिक्रिया