काठमाडौं — सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न जारी गरेको उर्दीविरुद्ध ‘जाग नेपाली अभियान’ले आपत्ति जनाएको छ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक डा. दिपेश केसीले देवनागरी लिपीलाई समाप्त पार्ने खेल अन्तर्गत यो निर्णय गरिएको दाबी गरे। उनले भने, “देवनागरी लिपीलाई मेटाएर जात, जाति, भाषा र भाषी समुदायलाई विभाजित गरी एकआपसमा लडाउने र अन्ततः देशलाई रगतको आहालमा धकेल्ने प्रयास भइरहेको छ।”
अभियानले देवनागरी लिपी नेपालको सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको आधार भएकाले यसलाई कमजोर पार्ने कुनैपनि निर्णय अस्वीकार्य हुने स्पष्ट पारेको छ।
९ भदौ २०८२, सोमबार ०७:५९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता