नाका खुलेकैदिन उपल्लो मुस्ताङीलाई चिनियाँ राहत

जोमसोम—नाका खुलेको पहिलोदिनै उपल्लो मुस्ताङीले ठुलै परिमाणमा राहत सामाग्री पाएका छन् । उपल्लो मुस्ताङका लागि उत्तरी छिमेकी देश चीनले १ लाख केजी खाद्यान्न र लत्ताकपडा राहत स्वरुप वितरण गरेको हो ।

नेपाल—चीन (नेचुङ—लिजी)कोरलानाका उद्घाटन अघि आईतबार उपल्लो मुस्ताङी जनप्रतिनिधि तथा सरोकारवालाहरुको रोहबरमा चीनले नाकाकै आफ्नो भूक्षेत्र लिजीमा भाग लगाएर छुट्याएको थियो ।तर घर लैजान दिएको थिएन । नाका शुभारम्भ भएसंगै चीनले उपल्लो मुस्ताङीलाई दिएको ठुलो परिमाणको राहत सामाग्री घर लैजान अनुमती दिएको थियो । चीनले  कम्बल,सिरक, डसना,चिया (भाक्टु),घीउ र नुन आदी  राहत स्वरुपमा प्रदान गरेको लोमान्थाङ—५ का वडासदस्य छेवाङ रिन्जिङ गुरुङले जानकारी दिए । यसैगरी मुस्ताङको (नेचुङ—लिजी)नाका खुल्ला भएसंगै सोही स्थानबाट चीनले उपल्लो डोल्पाका नागरिकलाई पनि खाद्यान्न तथा लत्ता कपडा राहत स्वरुप उपलब्ध गराएको जनाईएको छ ।


सोमबार नाका विधिवत उद्घाटनसहित खुल्ला हुने दिनमा राहत सामाग्री ढुवानी गर्न  दर्जनौ ट्रक तथा ट्याक्टरहरु कोरलानाका पू¥याईएको थियो ।नाका खुलेको दिन उपल्लो मुस्ताङीहरुले व्यक्तिगत रुपमा पनि चिनिया सामान किनमेल गरी र्फिर्कएका थिए ।

  उपल्लो मुस्ताङका दुई गाउँपालिकाका बासिन्दालाई बेलाबेलामा चीन सरकारले खाद्यान्न तथा लत्ता कपडाहरु राहत दिने गरेको थियो । कोरोना कहरका कारण चीनले नाका बन्द गरेतापनि सो समयमा ठुलो परिमाणमा उपल्लो मुस्ताङीलाई राहत दिने गथ्र्यो ।


 फोटो क्याप्सन : चीनले दियो उपल्लो मुस्ताङीलाई खाद्यान्न तथा लत्ताकपडा ।


प्रतिक्रिया