बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेतामा केमी बेडनक चयन

बेलायतको कन्जरभेटिभ पार्टीले ४४ वर्षीया केमी बेडनकलाई नयाँ नेताका रूपमा चयन गरेको छ। नेता बनेसँगै बेडनकले बेलायतका मतदाताको विश्वास पुन: जित्न पार्टीलाई आफ्नो मूल सिद्धान्तमा फर्काउने प्रतिवद्धता व्यक्त गरेकी छन्। ब्रेक्जिटकी कडा समर्थक केमीले आप्रवासी मुद्दा र तेस्रो लिंगी समुदायका अधिकारका विषयमा कडा विचार राख्दै आएकी छन्। यसअघि पार्टीको नेतृत्वमा पूर्व प्रधानमन्त्री ऋषि सुनक थिए, जसको कार्यकालमा कन्जरभेटिभ पार्टीले पछिल्लो निर्वाचनमा खराब प्रदर्शन गरेको थियो। सन् २०२४ को चुनावमा पार्टीले २०० भन्दा बढी सिट गुमाएको थियो, जसले नेतृत्व परिवर्तनको आवश्यकता झल्काएको थियो।

प्रतिक्रिया