भोटेकोशी बाढीपछि १३ शव फेला

काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनासँग सम्बन्धित व्यक्तिहरूमध्ये १३ जनाको शव फेला परेको छ।


आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ सुरुङभित्र फलामे डन्डीको जालीमा अल्झिएको अवस्थामा शवहरू फेला पारेको हो।


उद्धार टोलीले काट्ने उपकरण तथा आवश्यक उद्धार प्रविधिको प्रयोग गरी शवहरू सुरुङबाट बाहिर निकालेको जनाएको छ।


नेपाली सेनाका अनुसार सुरुङभित्र थप खोजी तथा उद्धार कार्य जारी रहेको छ।


आमा दर्शन न्युज

प्रतिक्रिया