काठमाडौं - सांग्रिला अन्तराष्ट्रिय स्कुल चापागाँउ ललितपूरमा विश्व शान्ति तथा एकिकृत परिवार संघ नेपाल र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ नेपाल द्वारा उक्त स्कुलमा एक दिने चरित्र निर्माण , नैतिक शिक्षामा मोटिभेसनल तालिम संचालन गरेको छ ।
विश्वव्यापि शाश्वत मुल्यमान्यतामा आधारित भएर हाल बढ्दो अनैतिकता , छाडापन, परिवार विखन्डन भइ भयानक स्थिति पैदा भएको अवस्थालाई न्यूनिकरण गर्ने उद्देश्यले स्कुलका सयौ विद्यार्थी तथा शिक्षकलाई तालिम प्रदान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष विरेन्द्र श्रेष्ठ र गण्डकी प्रदेश संयोजक दिपक सापकोटा द्वारा प्रशिक्षण गरिएको उक्त कार्यक्रम अत्यन्तै हौसलाजनक, प्रेरणादाई भएको भन्दै प्राधानध्यापक तथा विद्यार्थीहरुले सम्मान प्रकट गरेका थिए ।
सूर्य राय संवाददाता
२१ असार २०८१, बिहिबार १०:२३ मा प्रकाशित