जय पञ्चायतमा हुर्केको जय गणतन्त्र :
जिन्दावाद
हामीले त्यो भ्रमलाई कहिल्यै चिर्नै सकिएनौं
प्रधानपञ्च वा वडाध्यक्ष भिन्न हो,
कहिल्यै व्यवहारले देखाउन सकिएनौं
निरन्तर उद्घाटनमा बोलाउन कहिल्यै बिर्सिएनौं ।
उसकै बाउको सम्पत्तिले
राज्यको भौतिक संरचना बनाउन दिए झै
शिलान्यासमा बोलाउन कहिल्यै बिर्सिएनौं ।
५ भदौ २०८१, बुधबार ०७:३५ मा प्रकाशित