काठमाडौं । सुर्तीजन्य पदार्थको प्रयोगबाट नेपालमा प्रतिघण्टा चारजनाको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको पछिल्लो सर्वेक्षणमा प्रतिवर्ष ३७ हजार ५२९ जनाको मृत्यु सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको देखिएको हो ।
सर्वेक्षण सन् २०२४ को सुरुआतमा सबै प्रदेशका १८ स्थान छनौट गरी गरिएको थियो । प्रतिष्ठानले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनले नेपालमा १५ देखि ६९ वर्षसम्मका ३४.१ प्रतिशत जनसंख्याले सुर्तीजन्य पदार्थको प्रयोग गरिरहेको देखाएको छ ।
२५ चैत २०८०, आईतबार ०९:०३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
Admin