बेल्जियमले यौनकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउँदै ऐतिहासिक कदम उठायो

Photos: international news Agency 

बेल्जियमले यौनकर्मीहरुलाई सुत्केरी विदा, पेन्सन, र अन्य सामाजिक सुरक्षाका सुविधा प्रदान गर्ने कानुन लागू गर्दै विश्वमै पहिलोपटक यौन व्यवसायमा क्रान्तिकारी कदम चालेको छ।


यस कानुनअनुसार, यौन व्यवसायमा संलग्न महिलाले अब अन्य पेशागत कामदारसरह कानुनी अधिकार पाउनेछन्। करिब २६ हजार यौनकर्मी रहेको अनुमान गरिएका बेल्जियममा, यो कदमले उनीहरुको जीवनस्तर सुधार्ने र उनीहरुलाई समाजमा थप सुरक्षित महसुस गराउने अपेक्षा गरिएको छ।


सामाजिक सुरक्षाका अभियन्ताहरुले यस निर्णयलाई ऐतिहासिक भनेका छन्। उनीहरुका अनुसार, यौनकर्मीलाई पनि सम्मानजनक जीवन बिताउन सक्षम बनाउने यो निर्णय मानव अधिकारका दृष्टिकोणले निकै महत्वपूर्ण छ।


तर, आलोचकहरुले यो निर्णयले समाजलाई विकृत बनाउन सक्ने खतरा औंल्याएका छन्। उनीहरुको दाबी छ कि यस्तो कदमले यौन व्यवसायलाई अनावश्यक वैधता दिन सक्छ।


विश्वभर ५.२ करोडभन्दा बढी यौनकर्मी रहेको अनुमान गरिन्छ। यस अवस्थामा, बेल्जियमको यो कदमले अन्य देशहरुलाई पनि यौन व्यवसायप्रति आफ्नो नीतिमा पुनर्विचार गर्न दबाब दिन सक्छ।


बेल्जियमको निर्णयले यौन व्यवसाय र सामाजिक सुरक्षाको विषयलाई नयाँ ढंगले प्रस्तुत गरेको छ। यो कदमले विश्वभरका यौनकर्मीको जीवनमा के कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी छ।

प्रतिक्रिया