काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक सानेपामा बसिरहेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा जारी बैठकमा पार्टीको आगामी महाधिवेशनसँग सम्बन्धित महत्वपूर्ण एजेन्डामाथि छलफल भइरहेको छ।
बैठकमा विधान मस्यौदा समिति गठन, महाधिवेशन सम्पन्न गर्न बाधक बन्ने विधानका केही दफा निलम्बन गर्ने विषय, तथा महाधिवेशन कार्यतालिका परिमार्जनलगायतका प्रस्तावहरूमा गहन छलफल हुने जनाइएको छ।
पार्टी नेतृत्वले समयमै महाधिवेशन सम्पन्न गर्ने तयारीस्वरूप विधान र कार्यतालिकासम्बन्धी विषयलाई प्राथमिकतामा राखेर छलफल अघि बढाएको बताइएको छ।
९ पुस २०८२, बुधबार ०३:४१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज डेस्क