नेपाली सांसद एकनाथ ढकाल अन्तर-संसदीय सम्मेलन (ISC) का महासचिवमा नियुक्त

सियोल (कोरिया), अप्रिल १२ | Aama Darshan News

नेपाली सांसद तथा पूर्वमन्त्री एकनाथ ढकाल हालै गठन भएको अन्तर-संसदीय सम्मेलन (Inter-Parliamentary Speakers’ Conference – ISC) को महासचिवमा नियुक्त भएका छन्। विश्वव्यापी संसदीय कूटनीति र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यसहित गठित ISC को पहिलो महासभा अप्रिल ११ मा दक्षिण कोरियाको राजधानी सियोलमा सम्पन्न भएको हो।


उक्त महासभामा विश्वभरका करिब १५० प्रतिनिधिहरूको सहभागिता रहेको थियो, जसमा करिब ४० राष्ट्रका संसद्का सभामुख तथा उच्च तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


दक्षिण एसियाली प्रतिनिधित्व विशेषरूपमा देखिएको उक्त कार्यक्रममा पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा वर्तमान सिनेट अध्यक्ष सायद युसुफ रजा गिलानीलाई ISC को संस्थापक अध्यक्ष (Founding Chairman) को रूपमा चयन गरिएको छ।


एकनाथ ढकालको महासचिव पदमा नियुक्तिले नेपाललाई अन्तर्राष्ट्रिय संसदीय कूटनीतिमा थप प्रभावशाली बनाउने विश्वास गरिएको छ। यस नियुक्तिसँगै उनले विश्वभरिका संसदहरूबीच संवाद, सहकार्य र शान्ति प्रवर्द्धनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया