सरकारी कागजात किर्ते गरेको आरोपमा एक महिला पक्राउ

जोमसोम—सरकारी कागजात किर्ते गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पोखरा महानगरपालिका—२३ बस्ने वर्ष ४४ की पवित्रा गुरुङ सरकारी कागजात किर्ते गरेको अभियोगमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ परेकी गुरुङ र उनका श्रीमान मिलेर सरकारी कागजात र छाप किर्ते गरेको अभियोग छ ।  अदालतको कागजात किर्ते गरेको  मुद्धामा पक्राउ परेकी महिलालाई ५ दिनका लागि जिल्ला अदालत मुस्ताङ बाट म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

यसअघि सरकारी कागजात किर्ते गरेको आरोपी गुरुङलाई कास्की प्रहरीले पोखरा विमानस्थलबाट पक्राउ गरेको थियो । पक्राउ परेकी गुरुङलाई कास्की प्रहरीले थप अनुसन्धानका लागि बिहिबार जिल्ला प्रहरी कार्यालय मुस्ताङमा पठाएको थियो ।

किर्ते आरोपी गुरुङका श्रीमानको खोज तलास भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

Yo

प्रतिक्रिया