समाजसेवी तथा लेखक प्रशान्त महासागरको पुस्तक ‘परिचय’ असार २१ गते लोकार्पण हुँदै



काठमाडौं । समाजसेवा र साहित्य सिर्जनामा सक्रिय व्यक्तित्व प्रशान्त महासागर को नवीन कृति ‘परिचय’ को औपचारिक लोकार्पण समारोह आगामी २०८३ साल असार २१ गते, आइतबार कीर्तिपुरस्थित सःसः ल्हाः मा आयोजना हुने भएको छ। कार्यक्रम दिउँसो १:०० बजे सुरु हुने आयोजकले जनाएको छ।



लेखक महासागर साहित्यिक सिर्जनासँगै विभिन्न सामाजिक, शैक्षिक तथा जनचेतनामूलक गतिविधिमा समेत अग्रसर रहँदै आएका व्यक्तित्वका रूपमा परिचित छन्। समाजमा सकारात्मक परिवर्तन, मानवीय मूल्य र चेतनाको विकासका लागि उनी निरन्तर क्रियाशील रहँदै आएका छन्।


जीवन, आत्मचेतना, उत्तरदायित्व र मानवीय मूल्यलाई केन्द्रमा राखेर लेखिएको पुस्तक ‘परिचय’ ले पाठकलाई आत्मविश्लेषण, आत्मबोध र सकारात्मक जीवनदृष्टितर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ। पुस्तकको मूल भाव “शब्दमा भावना, विचारमा जीवन, सिर्जनामा समर्पण” रहेको छ भने “मानिसले आधिपत्य जमाउन खोज्नु नै दुःखको मूल बीउ हो” भन्ने सन्देशमार्फत जीवनका विविध आयाममाथि गहिरो चिन्तन प्रस्तुत गरिएको छ।



कार्यक्रममा साहित्यकार, शिक्षाविद्, सञ्चारकर्मी, समाजसेवी, बुद्धिजीवी, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले सम्पूर्ण शुभेच्छुकलाई समारोहमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन हार्दिक अनुरोध गरेको छ।


कार्यक्रम विवरण

• कार्यक्रम: पुस्तक लोकार्पण समारोह

• पुस्तक: परिचय

• लेखक: प्रशान्त महासागर

• मिति: २०८३ असार २१ गते, आइतबार

• समय: दिउँसो १:०० बजे

• स्थान: सःसः ल्हाः, कीर्तिपुर


– आमा दर्शन न्यूज

प्रतिक्रिया