मुस्ताङको मार्फामा प्रहरीको लैङ्गिक हिंसा विरुद्ध सचेतना

जोमसोम—वर्सेनि नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विश्वभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संञ्चालन गर्ने गरिन्छ । मुस्ताङमा पनि शनिबारदेखि यो दिवस विशेष कार्यक्रम र प्रभातफेरी का साथ शुभारम्भ गरिएको छ ।

 अभियानको तेश्रोदिन घरपझोङ गाउँपालिकाले घरपझोङ गाउँपालिका—२ मार्फामा लैङ्गिक हिंसा विरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना  ग¥यो ।‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चित ः महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’भन्ने राष्ट्रिय नाराका साथ शुभारम्भ भएको अभियानको क्रममा मुस्ताङ प्रहरीले मार्फामा लैङ्गिक हिंसा संम्वन्धि कार्यक्रम गरेको हो ।

अभियान अन्तर्गत  मार्फा सामुदायिक सभाहलमा भएको कार्यक्रममा घरपझोङ—२ का वडाध्यक्ष मानबहादुर हिराचन,वडासदस्यहरु,आमा समुह,जनप्रतिनिधि र विभिन्न क्लवका प्रतिनिधिहरु गरी ४० जनाले उपस्थिती जनाए । अभियान अन्तर्गत भएको कार्यक्रममा वडाध्यक्ष मानबहादुर हिराचनले समाजमा हुने सबैखाले हिंसा न्यूनिकरण गर्न हरेक नागरिकहरु सचेत हुनु पर्ने बताए । उनले लिङ्गका आधारमा हुने गरेका सामाजिक अपराधहरु सबै बाहिर आउन नसक्ने भएकाले त्यस्ता अपराधहरुको संरक्षण गर्ने नभई दण्डित गर्न आवश्यक रहेको औल्याए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज  पाण्डेले लैङ्गिक हिंसा सम्वन्धि जनचेतनामूलक प्रस्तुतीकरण गरेका थिए । 


प्रतिक्रिया