काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफू प्रधानमन्त्री बन्ने आकांक्षा रहेको स्पष्ट पारेका छन्। एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, “११५ दिनको मन्त्री भएँ, अब मैले हुन बाँकी एउटै छ, प्रधानमन्त्री। तपाईंहरूले यसमा सहयोग गर्नुहोला।”
देशको अवस्था परिवर्तन गर्न नेतृत्व तहमा पुग्नैपर्ने आवश्यकता रहेको उल्लेख गर्दै घिसिङले भने, “अब प्रधानमन्त्री भएर यो देशको कायापलट गर्नुपर्छ। जबसम्म नेतृत्वमा पुगिँदैन, तबसम्म बोलेर मात्र हुँदैन।”
उनको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। लामो समय ऊर्जा क्षेत्रमा सुधारका लागि काम गरेका घिसिङको सक्रिय राजनीतिक भूमिकाबारे विभिन्न अड्कलबाजी भइरहेका बेला आएको यो भनाइले उनको आगामी राजनीतिक यात्राको संकेत गरेको विश्लेषण गरिएको छ।
१४ माघ २०८२, मङ्गलबार ०७:२६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज डेस्क