काठमाडौं, — पूर्वमुख्य न्यायाधीश सुशीला कार्की र जेनजी (GenZ) समूहका प्रतिनिधिहरूबीच शीतल निवासमा भइरहेको छलफललाई लिएर विवाद उत्पन्न भएको छ। केही प्रतिनिधिहरूलाई छलफलस्थलमा प्रवेश नदिँदा बाहिर रहेका युवाहरूले नाराबाजी गरेका छन्।
कार्की सहितका जेनजी प्रतिनिधिहरू भित्र वार्तामा व्यस्त रहेका बेला, बाहिर रहेका युवाहरूले आफूहरूलाई छलफलबाट अलग्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। उनीहरूले ‘आन्तरिक विभेद र नेतृत्वको गैरजवाफदेहीपन’को विरोधमा नाराबाजी गरेका छन्।
बाहिर रहेका प्रतिनिधिहरूमध्ये पुरुषोत्तम यादव, संविधान प्रसाईं र खेमराज साउद लगायत छन्। उनीहरूले जेनजी अगुवा सुदन गुरुङले समूहका सदस्यहरूलाई धोका दिएको आरोप लगाएका छन्।
शीतल निवासभित्र भने सुरक्षा व्यवस्था कडा राखेर वार्ता जारी रहेको छ। उक्त छलफलमा नेपालको समसामयिक राजनीतिक अवस्थामाथि युवाहरूको भूमिका र आगामी अभियानबारे केन्द्रित छलफल भइरहेको बताइएकाे छ।
यो घटनाले जेनजी आन्दोलनभित्र आन्तरिक मतभेद र विश्वासघातको भावना तीव्र हुँदै गएको संकेत गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता