नेपालले अमेरिकालाई टी–ट्वेन्टी आई सिरिजको पहिलो खेलमा हरायो


काठमाडौं: नेपालले अमेरिकालाई टी–ट्वेन्टी आई सिरिजको पहिलो खेलमा १७ रनको अन्तरले पराजित गरेको छ। यो खेल टेक्ससको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा भएको थियो।

नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ४९ रनको महत्वपूर्ण योगदान गरे, जबकि दीपेन्द्रसिंह ऐरीले २८, आसिफ सेख र अनिल शाहले समान २७ रन बनाएका थिए।

विजयी लक्ष्यको खोजीमा रहेको अमेरिकी टोलीले १४७ रनमा समेटियो। श्याम जाहंगिरले ६० रन बनाए पनि यो जितका लागि पर्याप्त साबित भएन। नेपालका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका छन्।

दोस्रो खेल आइतबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ। यस सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–टूका खेल हुनेछन्, जुन २५ अक्टोबरदेखि डालासमा सुरु हुनेछ 

प्रतिक्रिया