पोखरा - पोखरामा आज भएको एक दर्दनाक स्कुल बस दुर्घटनामा ३३ वर्षिया सह-चालक आमा र उनको ५ वर्षिय छोराको दुखद निधन भएको छ। दुर्घटना बस पल्टिएर भएको हो, जसमा विद्यार्थीहरू सवार थिए।
प्रारम्भिक जानकारी अनुसार, दुर्घटनामा बस सह-चालक आमा र उनका छोराको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। बसमा सवार अन्य विद्यार्थीहरू र यात्रुहरूको उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ। उद्धार कार्य जारी रहेकोले घाइतेहरूको संख्या र अवस्था बारे थप विवरण आउन बाँकी छ।
दुर्घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाहरूले उद्धार कार्यमा सहयोग गरिरहेका छन्। यस दुखद घटनाले पोखरा र आसपासका समुदायमा शोकको वातावरण छाएको छ।
अमा दर्शन न्यूज पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ। घटनाको थप विवरण प्राप्त हुने बित्तिकै अपडेट गरिनेछ।
१४ साउन २०८१, सोमबार ०१:०९ मा प्रकाशित