तस्वीर: नेपाल फोटो लाइब्रेरी
ललितपुरको कुसुन्ती क्षेत्रमा भीषण वर्षाका कारण आएको बाढीले स्थानीय जनजीवन अस्तव्यस्त भएको छ। बाढीको चपेटामा परेका मानिसहरूको सुरक्षित उद्दारका लागि नेपाली सेनाले हेलिकोप्टर परिचालन गरेको छ। विशेष गरी कुसुन्ती क्षेत्रमा बाढीको पानी खतराको स्तरसम्म पुगेपछि स्थानीयबासीहरू समस्यामा परेका थिए।
नेपाली सेनाको द्रुत प्रतिक्रिया टोलीले हेलिकोप्टरको माध्यमबाट जोखिममा परेका व्यक्तिहरूलाई उद्धार गरेको छ। उद्धार कार्य अझै जारी रहेको छ भने स्थानीय प्रशासन र अन्य उद्धार टोलीहरू पनि सक्रिय छन्। बाढीको कारण थप क्षति हुन सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरिएको छ।
१२ असोज २०८१, शनिवार ०१:११ मा प्रकाशित