समितिका संयोजक एवं कमलामाई नगरपालिकाका नगर प्रमुख श्री उपेन्द्र कुमार पोखरेलज्यूको संयोजकत्वमा मिति २०८०/१०/१७ गते युद्ध संग्रहालय भवनमा बसेको हो । उक्त बैठकमा समितिका सदस्यहरु प्र.जि.अ. भरत खनाल, भवानीबक्स गणका गणपति विमल वाग्ले, प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद दाहाल, वडा नं.३ का वडा अध्यक्ष खड्ग प्रसाद चाैलागाई को उपस्थिति रहेको थियो। र बैठकमा ६ वटा निर्णयहरु भएको छ । समितिको बैठकलाई निरन्तरता दिन महिनाको खास गते/बार मा बैठकले बस्न समय सिफारिस गर्ने, सिन्धुलीगढी प्रवेश द्धार रंगरोगन गर्ने र मुख्य द्धार देखि संग्रहालय, रानी दरवार सम्म पुग्ने बाटामा संकेत वोर्डहरु राख्ने निर्णय गरेको छ । पुननिर्माण सम्पन्न भै सकेका रानी दरबार र हिल स्टेशन कमलामाई नगरपालिकालाई हस्तान्तरण हुन बागमती प्रदेश सरकारसंग अनुरोध गर्ने निर्णय बैठकमा भएको छ ।
१८ माघ २०८०, बिहिबार ०५:१९ मा प्रकाशित