काठमाडौं, मंसिर ११ — नेपाल राष्ट्र बैंकले आजदेखि १०० रुपैयाँ अंकित नयाँ नोट बजारमा सञ्चालनमा ल्याएको छ। पुरानै आकार र रङमा उपलब्ध हुने नयाँ नोटमा अत्याधुनिक सुरक्षा विशेषताहरू समावेश गरिएको बैंकले जनाएको छ।
राष्ट्रिय बैंकका अनुसार संकेत नम्बर क/२० ०००००१ देखि घ४०/९९९९९९ सम्मका नोट क्रमिक रूपमा वितरण गरिँदै छन्। नोटको बायाँ भागमा सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप, तथा मध्यभागमा नेपालको चुच्चे नक्सा र अशोक स्तम्भ सहित ‘LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA’ अंकित छ।
दृष्टिविहीनका लागि नोट छामेर पहिचान गर्न मिल्ने स्पर्शयोग्य कालो थोप्ला, तथा अण्डाकार फ्रेमभित्रको मायादेवीको सिल्भर मेटालिक चित्र पनि समावेश गरिएको छ। नोटमा दुई मिलिमिटर चौडाइको रङ परिवर्तन हुने सुरक्षा धागो राखिएको छ, जसले सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने विशेषता प्रस्तुत गर्छ।
नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ भने तल्लो भागमा ‘वि.सं. २०८१’ उल्लेख गरिएको छ। साथै नोटको माथिल्लो भागमा ‘NEPAL RASTRA BANK’ र मध्यभागमा एकसिँगे गैँडा (माउ तथा बच्चा) को चित्र समावेश छ, जसले नोटलाई अझ विशिष्ट बनाएको बैंकले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आर्थिक न्यूज़