गीतकार संघ नेपालको १५औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न, बसन्त बित्यासी थापा अध्यक्ष निर्वाचित

काठमाडौं, – गीतकार संघ नेपालले आफ्नो १५औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। अधिवेशनमार्फत आगामी कार्यकालका लागि बसन्त बित्यासी थापा संघको अध्यक्षमा निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिको नेतृत्व चयनसँगै संघले नेपाली गीत-संगीत क्षेत्रको प्रवर्द्धन, सर्जकहरूको हकहित संरक्षण तथा सिर्जनशीलताको विकासमा थप प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ।

कार्यक्रममा नेपालका ख्यातिप्राप्त साहित्यकार, संगीतकर्मी, गीतकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। नवगठित कार्यसमितिले नेपाली गीत-संगीतको समृद्धि तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

नवनिर्वाचित अध्यक्ष बसन्त बित्यासी थापासहित सम्पूर्ण कार्यसमितिलाई ‘आमा दर्शन न्यूज’ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।


प्रतिक्रिया