लक्ष्मी चौधरी -बर्दिया
बैशाख २४ बर्दिया जिल्ला,राजापुर नगरपालिका वडा नं १, गाऊँ छोट्की दौलतपुर बस्ने बर्ष ४२ का खुशी राम थारु आत्मा हत्या गरेका छन्। खुशी राम थारुले आत्मा हत्या गर्नुको मुख्य कारण राजापुर नगरपालिका वडा नं ४ राजापुर शाखा रहेको एभरेष्ट बैंकका मनोज अर्याल र ज्योति बिकाश बैंकका म्यानेजरको बिरुद्धमा कदम चालेको आत्मा हत्या हुन पूर्व बनाएको <भिडियो >https://youtu.मार्फत जानकारी दिएका छन्।
उनले राजापुर विशालबजार नजीकै रहेको आफ्नै कुखुराको खोरमा गएर आत्मा हत्या गरेका मृतकको भाई टीलक बहादुर थारुले जानकारी दिएका छन्
लामो समय देखि हार्डवेयर पसल र खुशी राम भेटेनरी सेन्टर व्यवसाय गर्दै आइरहेका एक कुशल व्यपारीको नामले चिनिने,नेपाली कङ्ग्रेसका नगर उप-सभापति त्यसैगरी वडा नं १ को भूपु अध्यक्ष रहेको तथा बिभिन्न क्षेत्रमा उनको उतिकै योगदान थियो ।
उनका ४ छोरा छन्,२०-२५ बर्षको लामो व्यवसाय पश्चात ऋण तिर्न उनलाई बैंकको कर्मचारी दिनकै पसलमा आएर २-३ घण्टा सम्म यातना दिने गरेकाले खुशी राम थारुले अन्तिम निर्णय आत्मा हत्या रोजेको भनि टीलक बहादुर थारुले जानकारी दिएका भिडियो यहा छ।