नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गर्‍यो

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको मूल्य घटेर खरिददर रु. १३७.८२ र बिक्रीदर रु. १३८.४२ तोकिएको छ। युरोको मूल्य स्थिर रहेको छ भने युके पाउन्ड, स्विस फ्र्याङ्क र अष्ट्रेलियन डलरको मूल्य बढेको छ।

युके पाउन्ड स्ट्रलिङको खरिददर रु. १७०.३४ र बिक्रीदर रु. १७१.०८ रहेको छ। यस्तै, भारतीय रुपैयाँ १०० को विनिमय दर खरिदमा रु. १६० र बिक्रीमा रु. १६०.१५ कायम भएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दर संशोधन गर्न सकिने जनाएको छ।

प्रतिक्रिया