यो कुनै व्यक्ती होईन्, समाजमा आवश्यक सकारात्मक सोच हो जस्लाई परिभाषाबाट बुझ्ने प्रयाससँगै त्यसको आवश्यकता बारे यहाँ छोटो परिचय टिप्पणी गर्न आवश्यक भएर केही कुरा राख्न चाहे । कुनै काम, अध्ययन, अनुसन्धान वा नीतिगत कार्यलाई सहि तरिकाले अघि बढाउन तयार गरिने नियम, मापदण्ड वा निर्देशनलाई निर्देशिका भनिन्छ । कीर्तिपुरमा यसको आवश्यकताको परिपुर्ति गर्न २०८१ माघ २० विधिवत रुपमा संस्थागत भएको थियो । दक्ष र कर्मठ समुहको समाज रुपान्तरित गर्ने सोचलाई साधारण भाषामा द GMI भनी बुझ्न सकिन्छ भने यसको वास्तविक जन्मथलो चितवनमा २०७६ असार १० गते भएको थियो ।
आजको तीव्र प्रतिस्पर्धात्मक युगमा गुणस्तरीय शिक्षाको आवश्यकता दिनानुदिन बढ्दो छ । विद्यार्थीहरूले विद्यालय वा कलेजमा प्राप्त गर्ने शिक्षालाई अझ बलियो बनाउने, बुझाइमा स्पष्टता ल्याउने र परीक्षामा सफलता हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले विभिन्न ट्युसन तथा कक्षा सञ्चालन केन्द्रहरू स्थापना भइरहेका छन् । यस्तै उद्देश्य लिएर स्थापना गरिएको एक महत्वपूर्ण संस्थाको नाम हो “द GMI” ।
२. समाजमा समर्पण :
“द GMI” केवल एउटा ट्युसन सेन्टर मात्र नभई, विद्यार्थीको समग्र शैक्षिक विकासमा ध्यान दिने एक प्रेरणादायी संस्था हो । नाममै विशेष अर्थ बोकेको यो संस्थाले न केवल पाठ्यक्रममा आधारित शिक्षामा ध्यान दिन्छ, तर सोच्ने क्षमता, विश्लेषण गर्ने शैली, र समस्या समाधान गर्ने सीपको समेत विकास गराउँछ । स्पष्ट सुन्ने, सुनेको पढ्ने, पढेपछि लेख्ने अनि बुझेर बोल्ने प्रणालीमा आधारित शिक्षा दिने संस्था पनि हो । अझ थप सुधारको लागि पढ्ने, पढेको सुन्ने, सुनेपछि बोल्ने बुझ्नेगरि लेख्ने पद्धति अनुरुपमा पनि द GMI अग्रसर छ । समाजकै लागि समर्पित संस्थाको एक नाम द GMI हो ।
३. सेवाहरू र कार्यक्रमहरू :
द GMI मा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूका लागि विशेष ट्युसन कक्षाहरू सञ्चालन छ । यहाँ प्रत्येक विद्यार्थीको क्षमता, आवश्यक र गति अनुसार व्यक्तिगत ध्यान दिई दक्षता दिने कार्यक्रमहरु सञ्चालन छ । विद्यालयको पाठ्यक्रमसँग मेल खाने गरी तयारी गराइने मात्र होइन्, अतिरिक्त अभ्यासहरू, गृहकार्य सहयोग र परीक्षा रणनीतिका बारेमा पनि विशेष मार्गदर्शन प्रदान गरिनेछ ।
४. द GMI का विशेषताहरूमा :
अनुभवी र समर्पित शिक्षकहरू ।
(क) साप्ताहिक मूल्याङ्कन परीक्षाहरू ।
(ख) अभिभावक–शिक्षक समन्वय प्रणाली ।
(ग) प्रेरणात्मक कक्षाहरू र समय व्यवस्थापन तालिमहरू ।
५. पठन–पाठनको वातावरण :
शान्त, सुरक्षित र सहयोगी वातावरणमा सिकाइ हुने भएकाले विद्यार्थीहरू सहज रूपमा सिक्न सक्ने प्रवल अवस्था सृजना गरिएको छ । डिजिटल शिक्षण सामग्री, सफा कक्षा कोठाहरू र मित्रवत वातावरणले सिकाइ प्रक्रियालाई अझ रमाइलो र प्रभावकारी बनाएको छ ।
अन्तमा, “द GMI” ले शिक्षा केवल परीक्षा पास गर्नकै लागि होईन्, जीवनमा उपयोग गर्न मिल्ने बनाउने दृष्टिकोणले प्रदान गर्छ । यो संस्था विद्यार्थीहरूका लागि एक मार्गनिर्देशक बनेर उभिएको छ जसले उनीहरूको भविष्य उज्यालो बनाउने सपना बोकेको छ । यदि तपाईं आफ्ना बालबालिकाको अध्ययनमा थप आत्मविश्वास र उत्कृष्टता चाहनुहुन्छ भने, द GMI एक भरोसायोग्य गन्तव्य हुन सक्छ
Email: thegmikirtipur100@hmail.com
कीर्तिपुर–०९, पाँगा दोबाटो
सम्पर्क नं. ०१–५३०३१३१
कीर्तिपुर शाखा प्रवन्धक : श्री राजकृष्ण महर्जन(९८५१०१२९१७)
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर