ऐरीको दुई विकेट, सन्दीपको किफायती बलिङ—१७ ओभरमा इङ्ल्याण्ड १३९/५

काठमाडौं । इङ्ल्याण्डका ब्याटर साम कुरन दुई रनमै आउट भएका छन् । उनलाई नेपालका दिपेन्द्र सिंह ऐरीले बोल्ड गर्दै दोस्रो विकेट लिएका हुन् ।


१७ ओभरको खेल समाप्तीमा इङ्ल्याण्डले ५ विकेट गुमाउँदै १३९ रन बनाएको छ । नेपालका लागि ऐरीले हालसम्म दुई विकेट लिन सफल भएका छन् ।

यसैबीच, सन्दीप लामिछानेले आफ्नो चौथो ओभरमा पनि उत्कृष्ट बलिङलाई निरन्तरता दिएका छन् । उक्त ओभरमा उनले मात्र एक रन खर्चिए । चार ओभरको स्पेल पूरा गरेका सन्दीपले २५ रन दिएर एक विकेट लिएका छन् ।

प्रतिक्रिया