कास्की, – सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १८औं साधारण सभा, १०औं अधिवेशन तथा ३१औं सामुदायिक सन्देश बुलेटिन विमोचन कार्यक्रम प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले समुदाय–प्रहरी साझेदारीको महत्व, शान्ति सुरक्षामा नागरिक सहभागिता, तथा समाजमा अपराध न्यूनीकरणका लागि सामुदायिक प्रहरी सेवाको प्रभावकारिताका विषयमा चर्चा गर्नुभयो। उहाँले प्रहरी प्रशासनलाई जनमुखी बनाउन समुदायको सहकार्य अनिवार्य रहेको उल्लेख गर्दै, यस्ता कार्यक्रमहरूले प्रहरी र जनताबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।
सो अवसरमा जिल्ला समन्वय समिति कास्कीका पदाधिकारीहरूले विगत वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै, ३१औं सामुदायिक सन्देश बुलेटिन विमोचन गर्दै, समुदायलाई सुरक्षा सचेतना र अपराध नियन्त्रणका उपायहरूबारे जानकारी गराउने उद्देश्य राखिएको बताइयो।
कार्यक्रममा स्थानीय प्रशासन, प्रहरी पदाधिकारी, समाजसेवी, पत्रकार तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो। सहभागीहरूले समुदाय–प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै शान्ति सुरक्षामा नागरिकको भूमिकालाई थप प्रभावशाली बनाउने प्रतिवद्धता व्यक्त गरे।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता