जोमसोम—लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको छेको पारेर जिल्ला प्रहरी कार्यालय मुस्ताङले यहाँका स्कुल तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई साईबर अपराध न्यूनिकरण गर्न अभियान संञ्चालन गरेको छ ।जिल्लाको घरपझोङ र थासाङ गाउँपालिकामा अध्ययनरत कक्षा ९ देखी माथि ब्याचलर पढ्ने विद्यार्थीहरुलाई साईबर अपराध संम्वन्धि कक्षा संञ्चालन गर्दैआईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत विद्यालयहरुमै पुगेर साईबर अपराध संम्वन्धि कक्षा संञ्चालन गर्दैआईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए । उनका अनुसार प्रहरीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा घरपझोङ गाउँपालिकामा रहेको जनहित मावि ,धौलागिरी आवासीय मावि,तेजनिरला जनहित बहुमुखि क्याम्पस,जनकल्याय आधारभुत र जनवाल मावि मार्फाका विद्यार्थीहरुलाई साईबर अपराध सम्वन्धि कक्षा संञ्चालन गरिएको हो । यसैगरी थासाङ गाउँपालिका अन्तर्गत योगेन्द्र मावि,जनआदर्श अमरसिंह मावि,ज्ञानोदय मावि र धौलागिरि प्राविधिक शिक्षालयका विद्यार्थीहरुलाई पनि प्रहरीले साईबर कक्षा संञ्चालन गरेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए ।
लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियानका क्रममा अन्य विद्यालयमा समेत लैङ्गिक हिंसाको कार्यक्रमका साथै साईबर कक्षा संञ्चालन गदैै लगिने प्रहरी नायब उपरीक्षक पाण्डेको भनाई छ ।
पछिल्लो समय प्रविधिको विकाससंगै विद्युतीय उपकरण कम्प्युटर,मोबाईल तथा यसको नेटवर्क प्रयोग गरेर हुने कुनै पनि घटनालाई साईबर अपराधको रुपमा लिने गरिन्छ । कानुनद्धारा निषेधित कम्प्युटर र मोवाईल एप्सबाट हुने अपराधनै साईबर अपराध हो । ईन्टरेनेटको माध्यमबाट सामाजिक संञ्जाल प्रयोग गरी चरित्र हत्या गर्ने,यौनजन्य हिंसा,ईन्टरनेट धोकाधडी,अर्कोपहिचान अनाधिकृृत प्रयोग गर्ने,क्रेडिड कार्ड तथा एकाउन्ट आदीको चोरी गरी बैङ्किङ कसुर गर्ने, अरुको विद्युतीय उपकरण तथा नेटवर्र्कमा क्षति पू¥याउने र राज्य विरुद्ध हानीनोक्सानी र ध्येस फैलाउने लगायतका अपराधलाई साईबर अपराधको रुपमा लिने गरिन्छ ।
बुधबार थासाङको धौलागिरी प्राविधिक शिक्षालयका ९३ जना विद्यार्थीहरुलाई मुस्ताङ प्रहरीले साईबर अपराध कक्षा संञ्चालन गरेको शिक्षालयका प्रिन्सिपल खड्क सुब्बाले जानकारी दिए । प्रहरीले संञ्चालन गरेको साईबर कक्षाबाट विद्यार्थीहरुले साईबर अपराध तथा सामाजिक संञ्जालको उपयोगबारेमा जानकारी प्राप्त भएको प्रिन्सिपल सुब्बाको भनाई छ ।
मुस्ताङमा संञ्चालित साईबर अपराध कक्षा संञ्चालनका लागि प्रहरी नायव उपरीक्षक पाण्डे आफै विद्यालयमा पुगेर साईबर अपराध संम्वन्धि प्रशिक्षण दिने गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार