यलम्बर संवत् ५०८६ को विशेष कार्यक्रममा बालेन शाह विशेष अतिथिका रूपमा सहभागी
२ माघ २०८२, बिहिबार ०८:१४ मा प्रकाशित
सन्चारकर्मी सुर्य राय
काठमाडौँ । कमै मात्र सार्वजनिक कार्यक्रमहरूमा देखिने काठमाडौँ महानगरपालिकाका प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन शाह किरात समुदायको ऐतिहासिक यलम्बर संवत् ५०८६ को विशेष कार्यक्रममा सम्मानित विशेष अतिथिका रूपमा सहभागी भएका छन्।
किरात सभ्यता, संस्कृति र इतिहासको प्रतीकका रूपमा मनाइने यलम्बर संवत् अवसरमा आयोजित कार्यक्रममा बालेन शाहको उपस्थितिलाई विशेष अर्थपूर्ण रूपमा हेरिएको छ। कार्यक्रममा किरात समुदायका अगुवा, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी हुँदै बालेन शाहले किरात सभ्यता नेपालको बहुसांस्कृतिक पहिचानको महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै यस्ता ऐतिहासिक तथा सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकता र सामाजिक सद्भाव मजबुत बनाउने धारणा व्यक्त गरे।
यलम्बर संवत् कार्यक्रममार्फत किरात समुदायले आफ्नो इतिहास, भाषा, संस्कार र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको छ।