गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सद्वारा मंसिर १९ देखि बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ खुला

काठमाडौं,गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १९ गतेदेखि बैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूका लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले २२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजीको १० प्रतिशत हिस्सा अर्थात् २ करोड २५ लाख रुपैयाँ बराबरका २ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।

आवेदन प्रक्रिया

बैदेशिक रोजगारमा रहेका नेपालीहरूले मंसिर १९ गतेदेखि पुष ३ गतेसम्म आइपीओका लागि आवेदन दिन सक्नेछन्। आवेदन न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म दिन सकिनेछ।

यो प्रक्रिया नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि-आस्बा प्रणालीमार्फत हुने छ। आवेदकहरूले सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू, वा ‘मेरो शेयर’ सफ्टवेयरको प्रयोग गरी आवेदन दिन सक्नेछन्।

बिक्री प्रबन्धक

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको यस आइपीओको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ।

कम्पनीले बैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आर्थिक सहभागितालाई प्राथमिकता दिँदै यो आइपीओ निष्काशन गरेको हो। यसले उनीहरूलाई नेपाली पुँजी बजारमा संलग्न गराउन र आर्थिक रूपमा सबल बनाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

यस आइपीओले बैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सहभागिता कस्तो रहनेछ भन्नेमा चासो बढेको छ।

प्रतिक्रिया