बैतडी: अविरिल वर्षापछि बाढीको त्रासले विस्थापित भएका बैतडीको सिगास गाउँपालिका ५ ढुंगाडका ७० परिवार घर फर्किएका छन् । सेती नदीमा जलस्तर बढेपछि आसपासका ७० परिवार असार २३ गतेदेखि शारदा माविमा बसिरहेका थिए ।
हाल बाढी जोखिम कम भएसंगै उनीहरु घर फर्केका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ अविरल वर्षापछि सेती नदीमा जलस्तर बढेर बस्तीमा पस्ने खतरा बढेपछि असार २३ गते ढुंगाडका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । स्थानीय जनप्रतिनिधिको सहयोगमा शारदा माविमा सारिएका उनीहरु हाल जोखिम कम भएसंगै आफ्नै घर फर्किसकेका छन् ।”
२८ असार २०८१, बिहिबार ०३:४४ मा प्रकाशित