सिराहा, असोज ९ – सिराहामा आज बिहान भएको बस दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन्। आरजे १४ पीसी ३५४५ नम्बरको भारतीय बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदबहादुर पौडेलका अनुसार बस अनियन्त्रित भएपछि सडकमा पल्टिएको थियो। घटनापछि घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी नजिकैको अस्पतालमा लगिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले उनीहरूको विशेष उपचार भइरहेको बताइएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। बस चालकलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको जानकारी डीएसपी पौडेलले दिएका छन्।
८ असोज २०८१, मङ्गलबार ०८:०४ मा प्रकाशित