रुकुमपूर्व–बाग्लुङ सीमामा ४.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रुकुमपूर्व र बाग्लुङको सीमाक्षेत्रमा बुधबार राति भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार असोज १ गते (सेप्टेम्बर १७) राति ८:२५ बजे पतिहाल्ने भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।

केन्द्रका अनुसार यो भूकम्प मध्यम स्तरको भए पनि नजिकका जिल्लामा स्पष्ट महसुस गरिएको छ। हालसम्म कुनै क्षतिको विवरण भने सार्वजनिक भएको छैन।

प्रतिक्रिया