सुजुकी मोटर कर्पोरेशनका संस्थापक ओसामु सुजुकीको निधन

सुजुकी मोटर कर्पोरेशनका संस्थापक तथा पूर्व अध्यक्ष ओसामु सुजुकीको ९४ वर्षको उमेरमा निधन भएको छ। उनको मृत्यु २५ डिसेम्बर २०२४ मा भएको भए पनि कम्पनीले औपचारिक जानकारी २७ डिसेम्बरमा दिएको हो।


ओसामु सुजुकीले ४० वर्षभन्दा बढी समय कम्पनीको नेतृत्व गर्दै सुजुकी मोटरलाई विश्वस्तरीय ब्रान्डको रूपमा स्थापित गरेका थिए। उनको नेतृत्वमा कम्पनीले विशेष गरी मिनी कार र मोटरसाइकल उत्पादनमा ठूलो सफलता हासिल गरेको थियो। उनले सन् २०२१ मा ९१ वर्षको उमेरमा अवकाश लिएका थिए।


ओसामु सुजुकीको जन्म ३० जनवरी १९३० मा जापानको गेरो, गिफु प्रिफेक्चरमा भएको थियो। साधारण परिवारमा जन्मिएका सुजुकीले टोकियोस्थित चुओ विश्वविद्यालयबाट कानूनमा डिग्री हासिल गरेका थिए। आफ्नो प्रारम्भिक जीवनमा उनले शिक्षक र नाइट गार्डको रूपमा पनि काम गरेका थिए। सन् १९५३ मा स्नातकपछि उनले बैंकमा काम सुरु गरे, तर विवाहपश्चात सुजुकी परिवारको व्यवसायमा प्रवेश गरे। यही टर्निङ प्वाइन्टबाट सुरु भएको उनको छ दशक लामो करियरले सुजुकी मोटरलाई विश्वव्यापी उचाइमा पुर्‍यायो।


कम्पनीले सुजुकीको योगदानको प्रशंसा गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेको छ। उनको नेतृत्व र उद्यमशीलता सधैं प्रेरणादायक रहिरहनेछ।

प्रतिक्रिया