सरकारको नीति तथा कार्यक्रममा समावेश भएका नयाँ कार्यक्रमहरू :
‘कृषिमा लगानी दशक’ घोषणा
सबै स्थानीय तहमा पाइने कृषि बाली दर्ता गरिने
देशभित्र रोजगारी सृजना गर्न तीनै तहका सरकारबिच साझेदारी कार्यक्रम सञ्चालन गर्ने
सार्वजनिक संस्थान संचालनमा पीपीई मोडल वा अन्य आधार अध्ययन गरिने
‘कन्ट्री रेटिङ’ आगामी आर्थिक वर्षभित्र गरिने
सातै प्रदेशमा गाईभैंसी पालन स्रोत केन्द्र खुलिने
सरकारले गरिब घर पहिचान गर्ने
गरिबलाई विद्युतीय चुलो, बीमा र ट्यूबेल निःशुल्क दिइने
उत्पादनचक्र सुरु हुनुभन्दा अघि नै समर्थन मूल्य तोक्ने
सहकारी नियमन गर्न विशिष्टिकृत नियामक निकाय
बचत तथा ऋणका सहकारी मर्ज गरिने
३२ बैशाख २०८१, मङ्गलबार ०९:५७ मा प्रकाशित