मुस्ताङको टुकुचेमा सचेतना कार्यक्रम सम्पन्न

सामुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत बुधबार जिल्ला प्रहरी कार्यालय मुस्ताङको आयोजनामा थासाङ गाउँपालिका वडा नं १ टुकुचे स्थित श्री योगेन्द्र माध्यमिक विद्यालयको हलमा श्री योगेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री गोबिन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा सोही विद्यालयका शिक्षक, शिक्षिका र कक्षा ९ देखि कक्षा १२ मा अध्ययनरत विद्यार्थी गरी जम्मा ५५ जनाको सहभागितामा लागु औषध तथा ट्राफिक सचेतना सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो । सो कार्यक्रमको प्रस्तुतिकरण जिल्ला प्रहरी  कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेय ज्यूले गर्नु भएको थियो ।

कार्यक्रममा लागू औषध भनेको के हो रु यसको कुलतबाट वचन के कस्ता उपायहरु अबलम्बन गर्न सकिन्छ रु र लागू औषध नियन्त्रण ऐन २०३३ मा भएको कानूनी ब्यबस्था लगायतका बिषयमा प्रशिक्षणको माध्यम द्धारा जानकारी गराइएको थियो ।उक्त कार्यक्रमको सञ्चालन  प्रहरी निरीक्षक मिलनबहादुर बिकले गर्नु भएको छ । । 

कार्यक्रम पश्चात लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आधारमा तय गरीएको अन्तर्राष्ट्रिय नारा “UNITE INVEST TO PREVENT VIOLENCE AGAINST WOMAN & GIRLS” तथा“ लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता स् महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ घरेलु हिंसा र जबरजस्ती करणी विरुद्ध तयार गरिएको पर्चा पढीबाची सुनाई सहभागिहरुलाई वितरण गरिएको जनाईएको छ । ।


प्रतिक्रिया